कोहिनुर जोडी बिनाको कार्यक्रममा खल्लो महसुस


(सेलिब्रेटी नेपाल) काठमाडौँ
नेपाली दर्शकहरुका प्रिय नायक श्री कृष्ण श्रेष्ठ यति बेला आफ्नो स्वास्थ्य उपचारका लागि भारतमा छन्। हालै मात्र बैबाहिक जीवनमा बाँधिएका श्री कृष्ण र उनकी धर्म पत्नी स्वेता खड्का हनिमुनका लागि निस्किएका बेला श्री कृष्णको स्वास्थ्यमा एक्कासी खराबी आएको हो। यी दुइ जोडीको अभिनय तथा निर्माण रहेको चलचित्र ‘कोहिनुर’ को प्रदर्शन मिति नजिकिंदै गर्दा यो जोडी नेपालमा नहुनुले चलचित्रको प्रचार प्रसारमा केहि असजिलो महसुस गरेका छन् निर्देशक आकाश अधिकारी र उनका अन्य निर्माण पक्षका साथीहरुले। राजधानीको बानेस्वरमा रहेको इन्द्रेणी कम्प्लेक्समा आयोजित पत्रकार भेटघाट कार्यक्रममा पनि नायक श्री कृष्ण र उनकी नायिका स्वेताको बारेमा नै धेरै चर्चा भयो। कोहिनुर जोडी बिनाको कार्यक्रममा उपस्थित सबै ले खल्लो महसुस गरे। कार्यक्रममा बोल्दै गर्दा निर्देशक आकाश अधिकारी एक छिन भाबुक भएर बोलि बन्द भयो। नारी प्रधान र पुरा परिवार संगै बसेर हेर्न मिल्ने चलचित्र बनेको छ भन्दै निर्माण लागतमा पनि कुनै सम्झौता नगरिएको निर्देशक आकाश अधिकारीले बताए। धेरै समयको अन्तरालमा संगीतकार सम्भुजितको संगीतमा तयार भएका गीत हरु उत्कृस्ट बनेका छन्।Kohinoor-posterकोहिनुर जोडीको रुपमा पनि चिनिएका श्री कृष्ण र स्वेता अभिनित चलचित्र ,कहाँ भेटिएला’ ले दर्शकको मन जित्न सफल भएको थियो र यस चलचित्रमा सफल जोडीक रुपमा चिनिएका यी दुइ अभिनित चलचित्र ‘कोहिनुर’पनि प्रतिक्षामा रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.