१२ फिल्मकर्मीलाई ‘सांस्कृतिक रुपान्तरण पुरस्कार’ प्रदान


काठमाडौँ । निर्देशक तुलसी घिमिरे, अभिनेता नीर शाह, अभिनेता हरिवंश आचार्यसहित १२ फिल्मकर्मी सम्मानित भएका छन् । संविधान जारी भएको ९ वर्ष पूरा भएको अवसरमा चलचित्र विकास बोर्डले शुक्रबार एक कार्यक्रमकाबिच १२ फिल्मकर्मीलाई ‘सांस्कृतिक रुपान्तरण पुरस्कार–२०८१’ प्रदान गरेको हो ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, मन्त्रालयकी सचिव राधिका अर्याल र बोर्ड अध्यक्ष दिनेश डिसीले पुरस्कार वितरण गरे । सोही अवसरमा मुलुकको सांस्कृतिक रुपान्तरणमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै फिल्म ‘बलिदान’का ५ जना सर्जक निर्देशक तुलसी घिमिरे, अभिनेता नीर शाह, अभिनेता हरिवंश आचार्य, संगीतकार श्याम तमोट र गायिका लोचन भट्टराई सम्मानित भए ।

कार्यक्रममा अभिनेता रमेशरञ्जन झा, अभिनेत्री कविता आले, अभिनेता देशभक्त खनाल, अभिनेता ऋद्धिचरण श्रेष्ठ, अभिनेता माओत्से गुरुङ, संगीतकार विकास चौधरी र अभिनेत्री प्रेमा अधिकारी गैरे पनि सम्मानित भए । सबैलाई जनही २५ हजार नगद र ताम्रपत्रसहित सम्मान प्रदान गरियो ।

कार्यक्रममा मन्त्री गुरुङले चलचित्र राजनीतिक रुपान्तरणको माध्यम मात्र नभएर आर्थिक रुपान्तरणको क्षेत्र पनि धारणा राखे । उनले नेपाली फिल्म उद्योगले अन्य फिलम उद्योगलाई उछिन्न सुझाए । उक्त अवसरमा ‘बलिदान’ अभिनेता हरिवंश आचार्यले आफूहरु मात्र नभएर देश र संविधानले पनि सम्मान पाउनुपर्ने बताए ।