दीपक बराईलीको गीत ‘च्वाप्प मोई खाउँला’ सार्वजनिक (भिडियो)


काठमाडौं । गायक दीपक बराईलीको स्वरमा रहेको गीत ‘च्वाप्प मोई खाउँला’ सार्वजनिक गरिएको छ । फराज अर्पणको शब्द संगीत र एरेञ्जमा तयार भएको गीत सोमवार यु ट्युब मार्फत सार्वजनिक गरिएको हो ।

ओएसआर डिजिटलबाट सार्वजनिक भएको गीतमा बिकास लामिछाने र श्रीसा कुँवरको अभिनय रहेको छ । रोमान्टिक लभस्टोरीमा तयार पारेको गीतमा विजेश्वर तण्डुकारको मिक्सिङ छ ।

यस्तै गीतमा विभोर पोखरेलको सम्पादन, नहकुल खड्काको कलर ग्रेडिङ र बिशाल थापाको सिनमाटोग्राफी रहेको छ । दीपक बराईलीले आफ्नो गायकीमा ‘म बाट’, ‘शराबको सारै राम्रो’, ‘सुख दुःख’, ‘इशारा देऊ’, ‘तिम्रो लागि’, ‘आँशु दिने’लगायत दर्जन बढि गीत बजारमा ल्याईसकेका छन् । दीपक बराईलीको सबै गीतको भिडियो पनि सार्वजनिक भइसकेको छ भने अधिकांश गीतमा उनी आफै मोडलको रुपमा देखिएका थिए ।