‘रावायण’ को रि सेन्सर,पायो पीजी सर्टिफिकेट


काठमाडौँ। अभिनेता पल शाह र अभिनेत्री पुजा शर्माको फिल्म ‘रावायण’ को रि सेन्सर गरिएको छ । रि सेन्सर गरिएसँगै सोमबार विहानैबाट अब फिल्म “रावायण” १६ वर्ष मुनिका बाल बालिका लगायत सबै उमेरका दर्शकले हेर्न सक्नेछन ।केहि संवादमा बिप र केहिसटमा ब्लर गरि केन्द्रिय चलचित्र जाँच समितिले सुदर्शन थापा निर्देशित फिल्म ‘रावायण’ लार्ई पिजी सर्टिफिकेट दिएको हो । यससँगै अब सम्पुर्ण परिवारले एकसाथ बसेर फिल्म हेर्न पाउने भएका छन ।

यसअघि हिंसात्मक दृश्यको प्रशस्त प्रयोग भएको भन्दै केन्द्रिय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले फिल्म ‘रावायण’लाई ‘एडल्ट’ सर्टिफिकेट दिएको थियो ।
फिल्मको टिजर, ट्रेलर र गीतबाट राम्रै चर्चा बटुलेको फिल्मले हलमा पनि दर्शकको उत्साह जनक साथ पाइरहेको छ ।

सुदर्शन थापा निर्देशित यस फिल्ममा पूजा शर्मा र पल शाह मुख्य भूमिकामा छन्। फिल्ममा पूजा र पलसहित प्रमोद अग्रहरी, प्रकाश शाह, प्रियंका कार्की, निकीता चण्डक, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल लगायतको अभिनय छ।