गजितसँग नगर दोमन भन्दै आए सरिता र नमराज


काठमाडौं। गायक नमराज ढुँगाना र गायिका सरिता भारतीको युगल स्वरमा नयाँ लोकदोहोरी काठे गीत ‘नगर दोमन’ सार्वजनिक गरिएको छ । गायक नमराज ढुँगानाकै अफिसियल युट्युव च्यानलबाट यो गीतको भिडियोलाई सार्वजनिक गरिएको हो ।

सय भन्दा बढी काठे गीत गायका नमराजसँग काठे गीतमा गायिका सरिता भारतीको यो पहिलो सहकार्य हो । यस अघि असारैमास लोक दोहोरी काठे गीत ल्याएकी गायिका सरिताको यो दोश्रो काठे भाकाको दोहोरी गीत हो ।

सार्वजनिक गीतलाई नविनबाबु विश्वकर्माले लेखेका हुन् । जसमा नमराजको संगीत रहेको छ । विष्णु तामाङले संगीत संयोजन गरेको यो गीतमा सागर पुनको रेकर्डिङ र कुमार पुनको मिक्सिङ तथा मास्टरिङ रहेको छ ।

गीतको भिडियोमा अभिनेता गजित बिष्ट र गायिका सरिता भारती शिर्ष भूमिकामा छन् । यो म्युजिक भिडियोमा गजित र सरितासँगै मनिषा श्रेष्ठ, नकुल गिरी, सम्झना पोखरेल, सुरेन्द्र गिरी, सुदन थापा, सुहानी श्रेष्ठ, बिक्रम ढुँगानाले पनि अभिनय गरेका छन् ।

भिडियोलाइ डब्बु क्षत्रीले निर्देशन गरेका हुन् । भिडियोलाई आफुले रमाईलो शैलीमा निर्माण गरेको निर्देशक क्षत्रीले बताए । दोहोरी गायन प्रतिस्पर्धा शैलीमा गीतको भिडियो तयार गरिएको छ । यो गीतको भिडियोको छायाँकन पोखराको मनोरम दृष्यमा गरिएको छ । सुवास सुवेदीको छायाँकन, बीरेन्द्र भाट ‘विपिन’को सम्पादन, राजेश थापा मगरको ड्रोन, सुदन थापाको निर्माण व्यबस्थापन यो गीतको भिडियोमा रहेको छ ।