कलर फुल र सांगीतिक धून


(सेलिब्रेटी नेपाल) काठमाडौँ
युवा निर्देशक कृष्ण पौडेलको डेब्यु निर्देशन रहेको चलचित्र ‘धुन’ को हाल पोस्ट प्रोडक्सनको अन्तिम कार्यमा रहेको छ। पछिल्लो समयको आशा लाग्दो चलचित्र ‘धून’ सांगीतिक रुपले बलियो रहेको छ। सांगीतिक प्रेम कथामा बनेको चलचित्रमा जीवन लुइँटेल,मुकेश ढकाल,नीता ढुंगाना,श्रेया दुलाल,उमा बेबीको प्रमुख भूमिका रहेको छ। चलचित्र ‘धून’ को लोगो डीजाइन सार्बजनिक गरिएको छ। लोगो लाई कलर फुल र सांगीतिक बनाईएको छ। जीवन भनेको सुख र दुख नामका दुइ रंगको समिश्रण हो। जुन समिश्रण नै जीवनको अर्को धुन हो यहि कुरा धून मा रहेको कुरा निर्देशक कृष्णले बताए।
dhoon-poster
कृष्ण आचार्यको पटकथा सम्बाद रहेको चलचित्रमा लक्की सिटौलाको संगीत रहेको छ। मालती शाहको चलचित्र ‘धुन’ का प्रस्तुत कर्ता सुशील शाह रहेका छन्। भने निर्मात्री श्रेया दुलाल र निर्माताका रुपमा बिनोद भट्ट र मधुसुदन ढकालको संयुक्त लगानी रहेको छ। रिलिज मिति कन्फर्म भई नसकेको कुरा निर्माता सुशील शाहले बताए।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.