प्रदर्शनमा आए ‘रावायण’ र ‘देवी’


काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत आजबाट दुईवटा नेपाली सिनेमा प्रदर्शनमा आएका छन् । ‘रावायण’ र ‘देवी’ प्रदर्शनमा आएका हुन्। यी सिनेमा तिजको अवसर पारेर प्रदर्शनमा आएका हुन् ।

‘देवी’लाई सञ्जोग राईले निर्देशन गरेका छन् भने ‘रावायण’लाई सुदर्शन थापाले निर्देशन गरेका छन् ।

‘रावायण’ मा पल शाह र पूजा शर्मामुख्य भूमिकामा छन् । साथमा प्रियंका कार्की, प्रमोद अग्रहरी, निकिता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदीपढकाललगायत कलाकारको अभिनय छ ।

सुदर्शन थापा प्रोडक्सन र पूजा शर्मा प्रोडक्सनको व्यानरमा बनेको सिनेमाकी निर्माता पूजा शर्मा हुन् । सुशन पाठक कार्यकारी निर्माताछन् । सौरभ लामाको छायांकन रहेको छ ।

क्राइम थ्रिलर जनरामा निर्माण भएको ‘देवी’को कथा निर्देशक सञ्जोग राई र अजय गौतमले लेखेका हुन् । ‘रावायण’मा सुदर्शन थापाको कथा तथा शिवम अधिकारीको लेखन छ ।

देवीमा शिल्पा मास्के, गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, प्रभाकर न्यौपाने, ध्रुब कोइराला, निरीक्षा घतानी, विशाल पहारी, निरुखड्का, जीवनजंग खड्का र विकास पन्तको अभिनय रहेको छ । सिनेमामा सन्जेन थापाको एक्सन छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.