भित्रि बस्त्र सार्बजनिक गरेकी प्रियंका बिरुद्द उजुरी


(सेलिब्रेटी नेपाल) काठमाडौँ
प्रियंका कार्कीविरुद्ध चलचित्र पत्रकार संघमा उजुरी दर्ता भएको छ। पत्रकारलाई लान्छना लगाउने प्रकरणमा सञ्चारकर्मी जीवन पराजुलीले प्रियंकालाइ कार्वाही हुनुपर्ने माग सहित सोमबार उजुरी दर्ता गरेका हुन्। राजधानीको अनामनगरस्थित संघको कार्यालयमा दर्ता नम्बर १२४ मा उजुरी दर्ता गरिएको छ । संघका महासचिव सन्दिप सापकोटाले उनी बिरूद्ध उजुरी दर्ता भएको बताएका छन। उनले प्रियंकालाई माफी मगाउन लगाउने वा कार्वाही गर्ने भन्ने बारेमा मंगलबार बस्ने कार्यसमितिको बैठकले निर्णय गर्ने पनि बताएका छन।
priyanka-karki video
यस उजुरीका बारेमा संचारकर्मी पराजुलीले पत्रकारलाई गाली गलौज र झुट आरोप लगाएको कारणले अहिले यो उजुरी दर्ता गर्नु परेको बताएका छन। उनले दर्ता गरेको उजुरीमा पत्रकारिता जगतलाई नै दुर्गन्धित गर्ने मनासय लुकेका कारण कार्वाहीको माग राखेको जनाइएको छ। गएको साता नाइँ नभन्नु ल २ को सक्सेस पार्टीका क्रममा अभिनेत्री प्रियंकाको वार्डरोव मलफङ्सन सम्बन्धमा एउटा समाचार तथा तस्विर मिडियामा प्रकाशित भएको थियो। यसको सातापछि प्रियंकाले पत्रकारलाई होच्याउने खालको अश्लिल शब्दसहित फोटोसपबाट बनाइएको दाबी सहितको एक फेसबुक स्टाटस पोस्ट गरेकी थिइन्। उक्त स्टाटस लेखेर एडिट गर्दै उनले स्टाटसलाइ हटाएकी थिइन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.