सिनेमा ‘केटी हराएको सूचना’को टिजर सार्वजनिक


काठमाडौं। आगामी कात्तिक ३० गतेबाट सिनेमा ‘केटी हराएको सूचना’ प्रदर्शनमा आउने भएको छ । मंगलबार सिनेमाको प्रदर्शन मिति घोषणा गर्दै सिनेमाको टिजर पनि सार्वजनिक गरिएको हो ।

अभिनेता नाजिर हुसेन र अभिनेत्री सृष्टि श्रेष्ठबीचको प्रेमलाई दर्शाउँदै सुरु भएको टिजर नाजिरले हात, खुट्टा र मुख बाँधेर सृष्टिलाई बन्धक बनाएको दृश्यसँगै टुंगिएको छ । धोका र बदलाको कथामा सिनेमा निर्माण भएको सिनेमाको सार्वजनिाक टिजरले संकेत गर्छ ।

सिनेमाको निर्देशन करिब बत्तीस वर्षअघिको डकु–ड्रामा ‘उजेली’का निर्देशक दीपेन्द्र गौचनले गरेका हुन् । उनी स्वयं निर्माता रहेको सिनेमामा नाजिर र सृष्टिसँगै सञ्जय गुप्ता, राम नारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, ललिता देवी मिश्र लगायतको पनि अभिनय छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.