‘हरिबहादुरको जुत्ता’ निर्माण गर्दै दीपेन्द्र, मुख्य भूमिकामा हरिवंश र प्रकाश


काठमाडौँ- अभिनेता हरिवंश आचार्य र प्रकाश सपुतको मुख्य भूमिका रहने गरी फिल्म ‘हरिबहादुरको जुत्ता’ निर्माण हुने भएको छ । फिल्मलाई दीपेन्द्र के खनालले निर्देशन गर्न लागेका हुन् ।

सरोज ओलीको निर्माण रहने फिल्म बुधबार चलचित्र विकास बोर्डमा दर्ता भएको छ । फिल्मको पटकथा तथा संवाद हरिवंशले लेखेका छन् ।

अभिनेताद्वय हरिवंश र प्रकाशसँग निर्देशक दिपेन्द्रको यो पहिलो सहकार्य हो । तीनैजनाले यसअघिसँगै फिल्ममा सहकार्य गरेका छैनन् । प्रकाशका अनुसार यो फिल्म तीन पुस्ताका कलाकर्मीलाई जोड्न मद्दत पुग्ने छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.