दिवाकरको ‘मायाबी’ लक्ष्मी पूजामा रिलिज हुने


काठमाडौँ । दिवाकर भट्टराई निर्देशित फिल्म ‘मायाबी’ आगामी कार्तिक १५ गतेदेखि प्रदर्शनमा आउने भएको छ । कार्तिक १५ गते लक्ष्मी पूजाको दिन हो । निर्देशक भट्टराइले वितरकसँगको छलफलबाट फिल्म लक्ष्मी पूजाको दिन रिलिज गर्ने तय भएको बताए ।

यो फिल्म निर्माण भएको केही समय भयो । तर, प्रदर्शन मिति तय गर्न भने निर्माणपक्षले सकिरहेको थिएन । अहिले भने तिहारमा रिलिज गर्ने तय गरेको छ ।

फिल्ममा अभिनेता पल शाह, दीपिका प्रसाई, करिश्मा श्रेष्ठ, सुशील सिटौला, समिम खान लगायतको मुख्य भूमिका छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.