‘बेहुली फ्रम मेघौली’को ‘छड्के सलाम’को उत्कृष्ट कभर भिडियो चलचित्रमै समावेस गरिने


काठमाडौं- चलचित्र ‘बेहुली फ्रम मेघौली’को गीत ‘छड्के सलाम’को उत्कृष्ट कभर भिडियो बनाउनेका लागि निर्माणपक्षले आकर्षक योजना अगाडि सारेको छ । प्राप्त हुने उत्कृष्ट एक भिडियोलाई ‘बेहुली फ्रम मेघौली’को गीत ‘छड्के सलाम’को उत्कृष्ट कभर भिडियो बनाउनेका लागि निर्माणपक्षले आकर्षक योजना गर्ने निर्माणपक्षले जनाएको छ ।

‘बेहुली फ्रम मेघौली’को गीत ‘छड्के सलाम’को कुनै पनि साउन्ड प्रयोग गरी ल्यान्डस्केप साइजमा कभर भिडियो बनाउनुपर्नेछ । भिडियो एचडी क्वालिटीको हुनुपर्ने निर्माणपक्षले जनाएको छ । भिडियोलाई आफ्नो सामाजिक संजालमा पोस्ट गरेर उक्त भिडियो निर्माणपक्षको इमेलमा पठाउनुपर्नेछ । कभर भिडियो जुनसुकै उमेर समूहका व्यक्तिले बनाउन सक्नेछन् ।

लोकप्रिय हुँदै गएको यो गीतमा निश्चल बस्नेत र स्वस्तिमा खड्काको नृत्य छ । चलचित्रका अन्य कलाकार पनि यो गीतको भिडियोमा देख्न सकिन्छ ।

चलचित्रमा निश्चल र स्वस्तिमाका अलवा बसुन्धरा भुषाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय रहेको छ । चलचित्रमा दशैंको घटस्थापना अर्थात् असोज १७ गतेबाट प्रदर्शनमा आउँदैछ ।

ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा साजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन रहेको छ । यो उनीहरुको डेव्यु निर्देशकिय चलचित्र हो । अभिनेत्री स्वस्तिमा खड्कालाई निर्माण तथा निर्देशक श्रीमान निश्चल बस्नेतले सघाएका छन् । चलचित्रका कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन् ।

अभिनेता विजय बराल कास्टिङ डिरेक्टर रहेको चलचित्रमा नरेन्द्र मैनालीको छायांकन, प्रदीप लामा र केवीका खत्रीको कोरियोग्रफी, जयन जे वाइवा र कुशल पोखरेलको संगीत, निमेष श्रेष्ठको सम्पादन, घनश्याम श्रेष्ठको प्रोडक्सन डिजाइन र केशव पाण्डे र लक्ष्मण पाण्डेको स्टील फोटोग्राफी छ । चलचित्रलाई एप्पल इन्टरटेनमेन्ट र डिसिएनले वितरण गर्दैछन् ।