असोज ११ गतेबाट प्रदर्शनमा आउँदै चलचित्र ‘सानो संसार’


काठमाडौं- असोज १७ गते घटस्थापनामा रिलिज हुने बताइएको चलचित्र ‘सानो संसार’को प्रदर्शन मिति हेरफेर भएको छ । अब चलचित्र असोज ११ गतेबाट प्रदर्शनमा आउने भएको हो ।

निर्माता अर्जुन कुमारको चलचित्रको प्रदर्शन मिति परिवर्तन भएको जानकारी दिएका हुन् ।

अर्जुनले सामाजिक सञ्जाल फेसबुकमा एक पोस्टर सेयर गर्दै लेखेका छन्, ‘हाम्रो फिल्म ‘सानो संसार’ अब एक हप्ता अगाडि असोज ११ गते अर्थात् सेप्टेम्बर २७ बाट रिलिज हुने जानकारी गराउँदछु ।’

पारिवारिक कथावस्तुमा निर्माण भएको फिल्ममा हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’की श्रीमती सीतादेवी तिमल्सेनाको मुख्य भूमिका छ । फिल्ममा सीताका अलावा राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल शिशिर सिवाकोटीको लगायतको अभिनय छ ।

राजधानी मिडिया एड प्रोडक्सन र प्रिन्सेस मूभिजको ब्यानरमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता माधव वाग्ले हुन् । अर्जुनकुमारको राजधानी मिडिया र प्रिन्सेस मूभिजले फिल्मलाई प्रदर्शन गर्नेछ ।

फिल्म सिद्धार्थ पुडासैनीले निर्देशन गरेका हुन् । लेखन समेत आफैले गरेका बुडासैनीको यो डेब्यु फिल्म हो । फिल्मको डिजिटल पार्टनर म्युजिक नेपाल र क्रिएटिभ पार्टनर टुनामुना कन्सेप्ट रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.