नरसिंहाः अवतार’ मा नायक राज कटुवाल अनुबन्धित


काठमाडौं- क्रिएटिभ सिने आर्टको प्रस्तुतिमा निर्माण हुन लागेको फिल्म ‘नरसिंहाः अवतार’ मा कलाकारहरूको रोचक लाइनअप बनेको छ।

एक्सन तथा सोसल ड्रामामा बन्ने यो फिल्मका लागि अहिलेसम्म ६ जना मुख्य पात्रहरू फाइनल भइसकेका छन्।

निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको फिल्ममा महानायक राजेश हमाल, नीति शाह, सरोज खनाल, प्रशान्त ताम्राकार, नीर शाह, सनिशा भट्टराई र दीपा शाही अनुबन्धित भइसकेका छन् ।

फिल्ममा अब नायक राज कटुवाल पनि जोडिएका छन् । उनी ‘नरसिंहाः अवतार’ मा जोडिएसँगै फिल्मका मुख्य कलाकारहरूको लाइनअप पूरा भएको छ ।

फिल्मको मुख्य पात्रमा राजलाई अनुबन्धित गराएसँगै निर्देशक भट्टराईले यस फिल्मबाट एक एउटा राम्रो नायकको जन्म हुने आशा व्यक्त गरेका छन् । कटुवालले यो फिल्ममा जोडिन पाउँदा अत्यन्तै खुसी रहेको पनि व्यक्त गरे।

‘आफूले काम गर्दै आएको क्षेत्रमा कुनै पनि फिल्ममा जोडिन पाउनु नै एउटा कलाकारकोलागि महत्त्वपूर्ण कुरा हो’, उनले भने, ’निर्देशकले मलाई ठूलो जिम्मेवारी दिनुभएको छ, साथै म आफैँले समेत धेरै मेहनत गर्नु पर्ने देखिएको । फिल्मकालागि गर्नु भएको विश्वास मैले पुरा गर्ने छु ।’

यही फिल्मबाट आठ वर्षपछि महानायक हमालले कम्ब्याक गर्दैछन् ।

Copyright © 2012 - 2026 | All Right Reserved.