चलचिचत्र बुलाकी ‘जाफना इन्टरनेशनल सिनेमा फेस्टिभल २०२४’मा छनौट


काठमाडौँ – नेपाली चलचित्र ‘बुलाकी’ दक्षिण एसिया भित्र प्रतिष्ठित मानिने ‘जाफना इन्टरनेशनल सिनेमा फेस्टिभल २०२४’मा छनौट भएको छ । उक्त फेस्टिभल अन्तर्गतको उत्कृष्ट डेब्यू फिल्म प्रतिस्पर्धाको लागि यो फिल्म छनोट भएको हो ।

जाफना सिनेमा फेस्टिभलको दसौँ संस्करण आगामी सेप्टेम्बरमा हुँदै छ । ‘बुलाकी’ प्रतिस्पर्धामा छनोट भएको उक्त अवार्ड गतबर्ष नेपाली फिल्म ‘दि रेड सुटकेस’ले जितेको थियो ।

फिल्म निर्माता तथा अभिनेता विराज बिष्टले सामाजिक सञ्जालमा पोस्ट सार्वजनिक फिल्म फेस्टिभलमा छनौट भएकाे जानकारी गराएका हुन् ।

पश्चिम नेपालको कर्णाली र सुदूर पश्चिम भेगको सामाजिक कथा उठान गरेको फिल्मलाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन् । यो फिल्ममा बिष्टसँगै सुरक्षा पन्त, नरेन खड्का, सरस्वती खत्री, लक्ष्मी गिरी, सुशील पोखरेल, रमेश बुढाथोकी लगायतको अभिनय छ ।