सेलिब्रेटी नेपाल डटकम स्थापनाको बाह्र वर्ष पूरा गरि तेर्हौं वर्षमा प्रवेश


आदरणीय पाठकहरु, आजदेखि सेलिब्रेटी नेपाल डटकमले स्थापनाको बाह्र वर्ष पूरा गरि तेर्हौं वर्षमा प्रवेश गरेको छ । यो जानकारी गराउन पाउँदा हाम्रो टिम अत्यन्तै हर्षित छ । सेलिब्रेटी नेपाल डटकम नियमित पढ्ने पाठकहरु नै हाम्रो प्रेरणाका मुख्य स्रोत हुन् । यस अवसरमा हामी सर्वप्रथम हाम्रा पाठकहरुप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छौं ।

त्यस्तै, सम्पूर्ण चलचित्रकर्मी, विज्ञापनदाता, सुभचिन्तकप्रति पनि हामी विशेष आभारी छौं । आजभन्दा बाह्र वर्षअगाडी अनलाईन सञ्चालनमा ल्याउनु सहज थिएन, त्यो पनि मनोरञ्जन विटको । तर, हामीले असहजपछिको सुनौलो भविष्य देखेका थियौं । त्यसैले असहजता स्वीकार्दै अनलाईन संचालनमा ल्यायौं ।

सेलिब्रेटी नेपालले मनोरञ्जन क्षेत्रसँग सम्बन्धित हरेक गतिविधि/आबद्ध ब्यक्तिलाई महत्व दिँदै आएको छ । अझ मनोरञ्जन क्षेत्रमा भविष्य खोजिरहेका नव–प्रवेशी कलाकारहरुलाई हामीले विशेष स्थान दिँदै आएका छौं । समग्रमा भन्नुपर्दा नेपाली मनोरञ्जन क्षेत्रलाई अनुशासित, मर्यादित बनाउँदै यसको श्रीवृद्धि गर्नतर्फ नै हाम्रो सदैव प्रयास रहँदै आएको छ र रहनेछ पनि । सम्पूर्ण पाठकहरु, दर्शकहरु तथा शुभचिन्तकहरुको सुझाव हामीलाई सधै आवश्यक छ र त्यसको अपेक्षा पनि हामी सधै राख्नेछौं । हजुरहरुको सुझाव र प्रतिक्रियाले नै हामीलाई सही मार्गमा हिँडन र अझ परिस्कृत भएर अगाडी बढ्न प्रेरित गर्नेछ ।