पल र पुजाको ‘रावायण’ पहिलो गीत सार्वजनिक


काठमाडौं। अभिनेता पल शाह र अभिनेत्री पुजा शर्माको मुख्य भुमिका रहेको सिनेमा ‘रावायण’ को पहिलो गीत सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक सिनेमाको पहिलो गीतमा पल र पुजासँगै निर्देशक सुदर्शन थापा पनि फिचर्ड छन् ।

रेवन आरती सिंहको संगीत रहेको गीतमा डाक्टर कृष्ण हरि बरालको शब्द रचना र नाकाश अजिजको स्वर छ । विक्रम स्वारको कोरियोग्राफी रहेको छ ।

सुदर्शन थापा प्रोडक्शन र पुजा शर्मा प्रोडक्शनको व्यानरमा बनेको सिनेमाकी निर्माता पुजा शर्मा हुन् । सुशन पाठक कार्यकारी निर्माता रहेको सिनेमाका निर्देशक सुदर्शन थापा हुन् । सिनेमामा पल शाह, पुजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाल लगायतको अभिनय छ ।

सिनेमामा सुदर्शन थापाको कथा, शिवम अधिकारीको लेखन, सौरभ लामाको छायांकन, मिलन श्रेष्ठको सम्पादन, प्रमोद श्रीनिवासनको साउण्ड डिजाइन, निरज सिंह, रेवन आरती सिंहको संगीत, विक्रम स्वार र रामजी लामिछानेको कोरियोग्राफी, श्री श्रेष्ठको एक्सन, समीर मियाँको भीएफएक्स, विजय बस्यालको पोस्टर डिजाइन, नविन पुरीको प्रोडक्सन डिजाइन छ ।