ट्रेन्डिङको तेश्रो स्थानमा ‘सतीदेवी’, मलिकाले देलिन त सोलो हिट?


काठमाडौँ । भदौ ७ गते रिलिज हुने मलिका महत अभिनित ‘सतीदेवी’प्रति दर्शकको आकर्षण बढेको छ। भिडियो सेयरिङ प्लेटफर्म यूट्यूबमा गत बिहीबार सार्वजनिक भएको सिनेमाको ट्रेलर ट्रेन्डिङमा परेको छ।

ठूलो हल्लाखल्ला र प्रचारमा नरहेको यो सिनेमाको ट्रेलर ट्रेन्डिङमा पर्नुले सिनेमाप्रति दर्शकहरु आकर्षित रहेको अनुमान गर्न सकिन्छ। रिलिजको २४ घण्टा भित्रनै ट्रेन्डिङ्मा परेको सिनेमाको ट्रेलर हाल फिल्म विधाको तेश्रो स्थानमा ट्रेन्डिङ भइरहेको छ।

ट्रेलरले अत्यन्त सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ। हालसम्म १ लाख ७२ हजार भ्यूज पाएको टिजरले ६.६ हजार बढि लाइक र उल्लेख्य संख्यामा सकारात्मक प्रतिक्रिया पाइरहेको छ।

ट्रेलरले अर्गानिक रुपमा नै यूट्यूबमा यो सफलता हात पारेको हो। टिजर रिलिज भएपछि सोमा समाविष्ट ‘सिक्का भेटे खोटो रछ चल्दैन, मजस्तै रछ’ संवाद त्यतिबेला देखि नै चर्चामा रहेको छ। सो संवादमा धेरै जना त्यसमा पनि अधिकाश महिलाहरुले रिल्स तथा टिकटक भिडियो बनाइरहेका छन्।

समाजमा छोरीमात्र जन्मिनुलाई हेयभावले हेरिने गरेको नेपाली समाजको मनोविज्ञानको कथा पेस गर्ने सिनेमालाई लामो समय सिने पत्रकारितामा बिताएका लक्ष्मण सुवेदीले निर्देशन गरेका हुन्।

सिनेमामा मलिकाका अलावा सन्दीपबाबु लोहनी, रमेश बुढाथोकी, कुलदीप अधिकारी, भोलाराज सापकोटाको साथमा बाल कलाकार हर्षिका वली र मन्जिला बानियाँ प्रमुख भूमिकामा छन्।

गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा दिलासा क्रिएसनको प्रस्तुति रहेको सिनेमाला श्रीदेवी सुवेदीले निर्माण गरेकी हुन्।
सिनेमामा निर्देशक सुवेदीको यो सिनेमाले सौराह दक्षिण एसियाली फिल्म फेष्टिभलमा सर्वोत्कृष्ट फिल्म, शिव रेग्मी सर्वोत्कृष्ट निर्देशक तथा तेस्रो नेपाल ग्रामिण फिल्म फेष्टिभलमा सर्वोत्कृष्ट फिल्म, सर्वोत्कृष्ट स्क्रिप्ट र सर्वोत्कृष्ट अभिनेत्री जुरी मेन्सन अवार्ड जितेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.