योगेशको भुल भुलैयामा निता,जीवन र सोहित


योगेश घिमिरेको निर्माण तथा निर्देशनमा बन्न लागेको चलचित्र ‘भुल भुलैया’ को आज सुक्रबार प्रेस मिट गरि जानकारी गराएको छ। चलचित्र ‘नोटबुक’ मा समाबेश गीत गाला रातै बाट गाला रातै जोडीको रुपमा चर्चित बनेका नायक जीवन लुइँटेल र नायिका निता पोखरेलको जोडी देख्न सकिनेछ।
Bhul-bhulaiya-poster
नाइं न भन्नु ल २ बाट सफल निर्माता बनेका दिनेश कुमार पोखरेलको प्रस्तुतिमा निर्माण हुन लागेको चलचित्रमा सुशील कार्की,सुरेश गौतम,मणिराज दाहालको संयुक्त लगानी रहने छ। शिबम अधिकारीको लेखन रहने चलचित्रमा कविराज गहतराजको नृत्य रहनेछ। बसन्त सापकोटाको संगीत,रोशन श्रेष्ठको द्वन्द समाबेश हुने चलचित्र लाई डिजिटल प्रविधिमा उत्कृस्ट बनाउने निर्माण पक्षले बताएको छ। साउन १६ गते बाट छायांकन सुरु गर्ने चलचित्रमा एनिमेशनका थुप्रै दृश्यहरु समाबेश गरिने छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.