बाबु छोरीको पिडा सिनेमा ‘सतीदेवी’को ट्रेलर सार्वजनिक


काठमाडौँ । पत्रकार तथा निर्देशक लक्ष्मण सुवेदीको सिनेमा ‘सतीदेवी’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो । महिलाको विषयमा निर्माण भएको फिल्मको ट्रेलरमा पनि महिला सशक्तीकरणको सन्देश नै समेटिएको छ । छोरी छोरी जन्मिदाको परिवारको पीडाको कथा चलचित्रले बोल्छ।

कार्यक्रममा निर्देशक लक्ष्मण सुवेदीले ‘सतीदेवी’ अहिले बजारमा आएको भन्दा भिन्न र उत्कृष्ट सिनेमा भएको दाबी गरे । सिनेमाले महिलाको विषयमा समाजमा भएको भ्रम चिर्न सन्देश दिने उनको भनाई छ । सुवेदीले आफूले समाजमा देखेको र भोगेको कथावस्तुलाई सिनेमामा उतारेको सुनाए । यसअघि विभिन्न फिल्म फेस्टिभलमा समेत सिनेमाले उत्कृष्ट अवार्ड हात पारिसकेको छ ।

कार्यक्रममा फिल्मको शीर्ष भूमिकामा रहेकी अभिनेत्री मलिका महतले फिल्मको कथा आफ्नो भूमिका सशक्त लागेर अभिनय गरेको बताइन् । फिल्मले समाजमा एक किसिमको चेतना बाँड्ने उनको धारणा रहेको थियो ।

सिनेमामा मलिका संगै हर्षिका वली, मञ्जिला बानियाँ, सन्दीप बाबु लोहनी, रमेश बुढाथोकी, कुलदीप अधिकारी, भोला सापकोटा, सृजना अधिकारी, सुजिता सिवाकोटी, सन्देश लिम्बु, मनिषा सापकोटा, जयन्त रेग्मी, बिमल श्रेष्ठ, देव महर्जन, तुलसी श्रेष्ठ, इभेन जोशी, इश्वरी सिंह, पवन केसी र जगदिश अधिकारीको अभिनय छ ।

निर्देशक लक्ष्मणकै लेखन, गीत, निर्माण समेत रहेको फिल्म गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा दिलासा क्रिएसनको प्रस्तुतिमा श्रीदेवी सुवेदीले बनाएकी हुन् ।

भदौ ७ गतेदेखि सार्वजनिक प्रदर्शनको तयारीमा रहेको फिल्मले सौराह दक्षिण एसियाली फिल्म फेष्टिभलमा सर्वोत्कृष्ट फिल्म, शिव रेग्मी सर्वोत्कृष्ट निर्देशक तथा तेस्रो नेपाल ग्रामीण फिल्म फेष्टिभलमा सर्वोत्कृष्ट फिल्म, सर्वोत्कृष्ट स्क्रिप्ट र सर्वोत्कृष्ट अभिनेत्री जुरी मेन्सन अवार्ड जितेको थियो ।

चलचित्रको छायांकन बाबु श्रेष्ठले गरेका छन् भने तारा थापाको सम्पादन, दीपक शर्मा र सुवास थापाको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, देव महर्जनको एक्सन छ । चलचित्रको वितरण काठमाडौँमा रिच इन्टरटेन्टमेन्ट र काठमाडौँ बाहिर एफडि कम्पनीले गर्नेछ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.