नायक दयाहांग राई बने गायक


(सेलिब्रेटी नेपाल) काठमाडौँ
भोलि शुक्रबारबाट देशभर चलचित्र नागबेली सोलो रिलिज हुने भएको छ। साउने संक्रान्तिको छेको पारेर प्रदर्शन हुन लागेको चलचित्र नागबेली लाई दर्जनौ चलचित्रमा नृत्य निर्देशन गरि सकेका गोविन्द राईले निर्देशन गरेका हुन्। बिहिबार काठमाडौंको कमल पोखरी स्थित कुमारी हलमा चलचित्रको प्रिमियर गरिएको थियो । प्रिमिएरमा चलचित्रकर्मी देखी पत्रकार हरुको उल्येख्य उपस्थिती रहेको थियो। नागबेली’ युवावर्गको जीवनमा आउने विभिन्न घुम्तिहरु लाई आधार मानेर बनाईएको चलचित्र हो। चलचित्र लाई चलचित्र समिक्षक दिपेन्द्र लामाले लेखेका हुन्।
Nagbeli-posterचलचित्र भित्र नायक दयाहांग राईले गायक बन्नको लागि गरेको संघर्ष र संघर्ष पछि सफल गायक बन्न सफल भएको भूमिका निभाएका छन् भने यसराज गरच विदेश जानको लागि संगर्ष गर्ने,सम्भव श्रेष्ठ मार्शल आर्ट खेलाडी तथा विक्की मल्लले आर्मी अफिसरको भूमिका निभाएका छन् उनि हरुको अलावा चलचित्रमा निर शाह, हर्षिका श्रेष्ठ, लुनिभा तुलाधर, सुरभी जैन, अशोक फुयाल, रुपा राना लगायतको मुख्य भूमिका रहेको छ। रामशरण उप्रेतीको छायाङकन, विवि अनुरागी र शितल मोक्तानको संगीत, रोशन श्रेष्ठको द्धन्द्ध रहेको छ। रोमीयन चेम्जोङको लगानी रहेको चलचित्र नागबेलीको युकेमा एक शो प्रर्दशन भइसकेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.