रमितको चलचित्र ‘नमेटिने घाउ’ स्वरांङ्कनमा


काठमाडौँ। अभिनेता रमित ढुङ्गानाले निर्माण तथा निर्देशन गरेको सत्य घटनामा आधारित चलचित्र ‘नमेटिने घाउ’ यति बेला स्वरांङ्कन कार्य भैरहेको छ ।चलचित्रमा अभिनय गरेका सांसद ज्ञानेन्द्र शाहीको स्वरांङ्कन कार्य सम्पन्न भएको छ ।

चलचित्रमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको समेत अभिनय रहेको छ। केहि दिनमा उहाँले पनि स्वरांङ्कन गर्ने निर्देशक ढुङ्गानाले जानकारी दिए ।

प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘नमेटिने घाउ’ एसिड सर्भाइभरहरुको बास्तविक जीवनीमा आधारित छ । चलचित्र एसिड आक्रमणमा परेका ३३ जना पीडितहरुको कथालाई समेटेर बनाईएको छ । चलचित्रमा शिवम् अधिकारीको कथा,ओम सुनारको संगीत रहेको छ ।

रमित ढुंगाना फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण गरिएको यस चलचित्रमा प्रहरी उपरीक्षकद्वय बाल नर्सिहॅ राणा र कुमुद ढुंगेल, प्रहरी निरीक्षक जे,आर शर्मा लगायत दुई सय भन्दा बढी प्रहरीको अभिनय रहेको छ। यस्तै चलचित्रमा मुस्कान खातुन, प्राप्ति पौडेल ,इभा गिरी, कमल देबकोटा,सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, उपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा,लालना चिमोरिया,स्वस्तीमा कार्की, लिजा कोरानी, तलिसा गुरुङ,बिशाल देबकोटा, आरजु अधिकारी,आरजु लेखक लगायत अभिनय रहेको छ ।

‘नमेटिने घाउ’मार्फत सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल र सासॅदद्वय देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाहिको पनी भूमिका देखिने भयको छ ! चलचित्रमा सुरवीर पण्डित, सुनील कटुवाल पुराना अनुहार रहनेछ भने मुख्य भूमिकामा अधिकांश नयाँ अनुहारहरुको अभिनय रहेको छ।