मिलन चाम्सको निर्देशनमा बनेको सिनेमा ‘बर एण्ड वधु’को पहिलो गीत सार्वजनिक


काठमाडौँ। एलआरके इन्टरटेन्मेन्टको व्यानरमा मिलन चाम्सको निर्देशनमा बनेको सिनेमा ‘बर एण्ड वधु’को पहिलो गीत ‘तिमी सँग’ सार्वजनिक गरिएको छ । यो गीतमा अञ्जु पन्त र प्रताप दासको स्वर, अर्जुन पोखरेलको संगीत र लेखु सहयात्रीको शब्द रहेको छ । यो गीतको भिडियोमा फिल्मका मुख्य दुई कलाकारहरु नायिका आँचल शर्मा र नव नायक विवेक कर्माचार्य रोमान्टिक देखिएका छन् । कविराज गहतराजको कोरियोग्राफीमा सुदिप बरालले रोमानियाको लोकेशनमा यो गीत तयार पारेका हुन् । गीतको भिडियोमा आँचल र विवेक रोमान्टिक बनेका छन् । गीतले दर्शकको साथ पाउने विश्वास निर्माणपक्षको छ ।

सिनेमामा बिजय लामा, गरिमा शर्मा, विजु पार्की, किरण केसी, सरिता लामिछाने, कुसुम शर्मा, श्रृष्टी खड्का, हिमेश पन्त, दिनेश काफ्ले, यमन श्रेष्ठ, रविन्द्र खड्का, अन्सु महर्जन, सिता न्यौपाने लगायतका कलाकारहरुको पनि अभिनय छ ।

‘बर एण्ड वधु’ मा जानुका थापाको लगानी छ । अमित रिजाल फिल्मका कार्यकारी निर्माता हुन् । फिल्ममा सुदिप बरालको डीओपी, मिलन श्रेष्ठको सम्पादन, हिमाल केसीको एक्सन, कविराज गहतराज र सुस्मिता वाइवाको कोरियोग्राफी, प्रदीप भारद्धाजको लेखन छ ।

फिल्म ‘बर एण्ड वधु’लाई सामाजिक कथावस्तुमा निर्माण गरिएको निर्माणपक्षले बताएको छ । यो फिल्म भदौको १४ गतेबाट देशव्यापी रिलिजमा आउँदैछ । फिल्मलाई रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्नेछन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.