चलचित्र कर्मी को कार्यक्रम मा चलचित्र कर्मी कै रुची रहेन


सेलेब्रिटी नेपाल मंसिर ७ – चलचित्र निर्देशक समाजको आयोजनामा संचालीत तेस्रो राष्ट्रीय चलचित्र वर्कसप बिहिबार बाट लमजुङको घले गाँउमा सुरु भएको छ । लमजुङकै बेसी सहरमा वुधबार औपचारीक रुपमा उद्घाटन गरिएको कार्यशाला गोष्ठि बिहिबारदेखी सुरु भएको छ। निर्देशक समाजले लामो तयारी गरेर वर्कसप उद्घाटनका लागी प्रधानमन्त्री तथा मन्त्रीलाने पहल गरे पनि पछिल्लो समय बिग्रीएको राजनैतिक माहोलले गर्दा उक्त कार्यक्रममा प्रधानमन्त्री तथा कुनै मन्त्री नलगी उद्घाटन गरिएको हो । वर्कशप उद्घाटन प्रमुख जिल्ला अधिकारी बाबुराम भण्डारीले गरेका छन् ।
निर्देशक समाजले वर्कसप उद्घाटनमा निसा अधिकारी , केकी अधिकारी , जिबन लुईटेल लगायत थुप्रै कलाकारहरु लमजुङ पुग्ने प्रचार गरेको थियो तर वर्कसप उद्घाटनमा निर्देशक दिनेश डिसी, डा. घनश्याम खतिवडा, गायक दीपक लिम्बु, नायक गजित विष्ट, हाँस्यकलाकार उमेश मायालु, सुरेश असिम लगायत अन्य चिनीयका अनुहारको भने उपस्थीति रहेन । मंसिर ७ देखि ११ सम्म संचालन हुने वर्कसपमा कलाकर्मीको बिहीबार पनि सहभागीता भने न्युन रहेको छ भने उद्घाटनमा पुगेका कलाकर्मी सबै फर्कीसकेका छन् । बेसीशहरबाट करिब ३० किलो मिटर पर घलेगाँउ पर्दछ । घले घाउ अली हाईटमा पर्ने भएकोले पनि अहिलेको मौसम प्रतिकुल नभएको भन्दै कती चलचित्र कर्मीले त्यस वर्कसपमा सहभागीता नजनाउने यस अगाडीनै बताई सकेका थिय।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.