बिपी कोइरालाको जीवनीमा चलचित्र जन नायक बिश्वेश्वर


(सेलिब्रेटी नेपाल) काठमाडौँ
नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको जीवनीमा आधारीत चलचित्रको निर्माण हुने भएको छ। बिपी चिन्तन प्रतिष्ठानले निर्माण गर्न लागेको चलचित्रको नाम ‘जन नायक बिश्वेश्वर’ राखिएको छ। दिपेन्द्र दहालको लेखन तथा निर्देशन रहने चलचित्रको शुक्रबार विपीको पुख्यौली घर सिन्धुलीको दुम्जामा शुभ मुहुर्त गरिएको हो। मुहुर्तसँगै चलचित्रको औपचारिक निर्माण समेत थालिएको छ।
Bp-Koirala
चलचित्रलाई रत्न कार्कीले खिच्नेछन भने लक्ष्मण शेषको संगीत र कुमार महर्जनको द्धन्द रहनेछ। चलचित्रमा बिपीको जन्म, राणाशासन र पञ्चायती शासनको विरुद्ध उनले गरेका संघर्ष, जेल जीवन लगायतका बिषयलाई जिवन्त रुपमा चित्रण गरिनेछ । ८१ वटा दृश्य रहने चलचित्रमा पूर्वराजाहरु त्रिभुवन, महेन्द्र, वीरेन्द्रसहित बीपीका सहयात्री सुवर्णशम्शेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र वर्तमान प्रधानमन्त्री सुशील कोइरालासम्मको वीपी सामिप्यता प्रस्तुत गरिनेछ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.