यसपालिको तीज तताउने अञ्जलीको ‘बिजुली चमक्क’


काठमाडौंँ । गायिका सुनिता बुढा क्षेत्रीको स्वर रहेको यो बर्षको तीज विशेष गीत ‘बिजुली चमक्क’ सार्वजनिक गरिएको छ । गायक तथा संगीतकार कस्तुप पन्तको शब्द तथा संगीत रहेको गीतमा एचबिएन किस्मतको एरेन्ज छ । डान्सिङ शैलीमा तयार गीत सार्वजनिक भएको २४ घन्टामा १ लाख ७४ हजार बढी भ्युज पाउँदै युट्युब ट्रेन्डिङमा समेत परेको छ ।

मनु पन्तको प्रस्तुति रहेको गीतमा मोडल अञ्जली अधिकारीेको हट नृत्यले भरिएको छ । फिल्मी शैलीमा खर्च गरेर निर्माण गरिएको भिडियोमा थुप्रै कोरसको पनि प्रयोग गरेका छन् । भिडियो स्मृति तिमिल्सेना ‘गुरुआमा’ले निर्देशन गरेकी हुन् । भिडियोमा करण चैसिरको छायांकन र शिव पौडेलको सम्पादन छ । भिडियो कस्तुप पन्तको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.