दोस्रो विराट म्युजिक एण्ड फिल्म अवार्ड,सौगात र सुरक्षा बने उत्कृस्ट अभिनेता अभिनेत्री


काठमाडौँ। नेपाली गीतसंगीत र फिल्म क्षेत्रका कलाकर्मीलाई अवार्ड तथा सम्मान प्रदान गर्ने कार्यक्रम ‘विराट म्युजिक एण्ड फिल्म अवार्ड’ को दोस्रो संस्करण भब्य सभ्य रुपमा सम्पन्न भएको छ। शुक्रबार राजधानीमा आयोजित भब्य समारोहमा संगीतको २४ विधा र फिल्मको ७ विधा गरि जम्मा ३१ विधामा अवार्ड प्रदान गरियो।

प्रमुख अतिथि पूर्व उप प्रधानमन्त्री एवं नेकपा एमालेका बरिस्ट उपाध्यक्ष इश्वर पोखरेलको उपस्थितिमा सम्पन्न कार्यक्रममा प्रतिष्ठित गीतकार बीबी थापालाइ नगद २५५५५ सहित दिर्घ साधना सम्मान प्रदान गरियो। कार्यक्रममा गीता अधिकारीलाई नगद ५१०० सहित पत्रकारिता पुरस्कार प्रदान गरियो।

अर्थप्रधान अनलाइन ‘अर्थपथ डटकम’का सञ्चालक तथा सम्पादक विष्णु तारुके राष्ट्रिय पत्रकारिता सम्मानबाट सम्मानित भए। कार्यक्रममा कलाकार पवन प्रसाद खतिवडालाई रास्ट्रीय कलाकारिता सम्मान प्रदान गरियो। कार्यक्रममा साहित्यकार सृजना अर्याल,समाजसेवी तथा कवि शोबित उप्रेती,गायक हिमाल श्रेष्ठ,कलाकार तथा टेलिसिरियलका निर्देशक नेत्र राउतलाई सम्मानित गरियो।

कार्यक्रममा पूर्वउपप्रधानमन्त्री पोखरेलले नेपाली कला र संस्कृतिको संरक्षणमा कलाकारहरूको महत्त्वपूर्ण भूमिका हुने बताए । ‘समाज रूपान्तरणमा पत्रकार र कलाकारको अतुलनीय भूमिका हुन्छ । नेपाली भाषा, धर्म र संस्कृति र पहिचान जोगाउनु आजको आवश्यता हो,’ पोखरेलले भने, ‘म सम्पूर्ण कलाकर्मी साथीहरूलाई भन्न चाहन्छु– देशको रक्षा आज सबैभन्दा ठूलो कर्तव्य हो ।’

कार्यक्रममा बोल्दै कार्यक्रम संयोजक सुरज पौडेलले ०७९ सालको अवार्ड अहिले गरिएको र अबको बर्षबाट अवार्ड कार्यक्रम निरन्तर गर्ने बताए ।

अवार्डको जुरीमा संगीतकार राजु सिंह,लोक गायक राजु परियार,पत्रकार अशेष अधिकारी कलाकार,चन्द्र लामा,गीतकार भिष्मराज फुलारा,मोडल उत्साह घिमिरे रहेका थिए।

सेलिब्रेटी नेपाल प्रतिष्ठानको आयोजनमा भएको कार्यक्रममा २०७९ सालमा प्रदर्शनमा आएका चलचित्र र गीत संगीत समाबेश गरेर उत्कृस्टलाई अवार्ड प्रदान गरिने हो । प्रविन किराती कार्यक्रम निर्देशक रहेको कार्यक्रमको संचालन रघुनाथ सापकोटाले गरेका थिए।

दोश्रो विराट म्युजिक एण्ड फिल्म अवार्ड विजेताको सुची यसप्रकार छ।

१. बेस्ट एरेन्जर (मोर्डन)
मनोज चौलागाई – तिमि साथ हुँदा

२. बेस्ट गायन पुरुष (मोर्डन)
नविन कुमार पौडेल – १८ काट्यौ कि

३.बेस्ट गायन महिला (मोर्डन)
नितु पौडेल – सिठी मारेर

४.बेस्ट गायन पुरुष (लोकपप)
सरोज साजन श्रेष्ठ – छलछल

५.बेस्ट लिरिक्स (मोर्डन)
चाम्लिंग सुरेश राई – उनकै झझल्को

६.बेस्ट मोडल (पुरुष)
माधव केसी – किन दुख्छ मुटु

७.बेस्ट मोडल (महिला)
आशा भुषाल – बिर्सेको भए

८.बेस्ट म्युजिक भिडियो निर्देशक
सत्यराज चौलागाईं – चाहन्छु २

९.बेस्ट म्युजिक भिडियो छायाँकार
राहुल राई – कालीमोरी
रविन्द्र बराल – छाती चिरेर (जुरी अवार्ड)

१०.बेस्ट म्युजिक भिडियो सम्पादक
राकेश दाहाल – चाहन्छु ५

११.बेस्ट मेकअप आर्टिस्ट
राकेश रनपाल – बेनी बजारैमा

१२.बेस्ट मोडल महिला ( लोक)
सजिना लामिछाने – परदेशी भुलीगयो

१३. बेस्ट पप गायन (महिला)
प्रिती रिमाल – हाम्रो माया नमरोस्

१५.बेस्ट पप गायन (पुरुष)
मुन थकाली – कदम कदम

१६. बेस्ट एरेन्जर (पप)
जीवन बडू – हाम्रो माया नमरोस्

१७.बेस्ट मोडल लोक (पुरुष)
सुमित जंग थापा – धोका खाए

१८.बेस्ट संगीतकार (रास्ट्रीय गीत)
बीपी वाग्ले – पक्कै बन्ने छ

१९.बेस्ट गायन (नयाँ प्रतिभा)
आर के बिबश – तिमि साथ हुँदा त

२०. बेस्ट मोडल (नयाँ प्रतिभा)
बोन्दिता धामी – आए म त

२१.बेस्ट मिक्स मास्टर
प्रकाश मिश्र – पिरतीको रंग

२२. बेस्ट म्युजिक भिडियो मोडल (जोडी)
जतिन ताम्राकार/मल्लिका राजोपाध्याय – आँशु दिएर

२३. बेस्ट गायिका (लोक)
जिस्केर मस्केर – सरिता भारती

फिल्म तर्फ

१. बेस्ट फिल्म
डेसान ( द एपिडेमिक)

२. बेस्ट फिल्म निर्देशक
खिल बहादुर गुरुङ – मन्त्र

३. बेस्ट अभिनेत्री
सुरक्षा पन्त – बहाव

४. बेस्ट सिनेम्याटोग्राफर
सुशन प्रजापति -लाखे

५.बेस्ट स्क्रिनप्ले
कमल/आरुष जंग – डेसान ( द एपिडेमिक)

६.बेस्ट एडिटर
मित्र डि. गुरुङ – मन्त्र

७. बेस्ट अभिनेता
सौगात मल्ल – मन्त्र

८.बेस्ट रास्ट्रीय फिल्म
गोर्खा ब्रिनिथ द ब्रेभरी

९.बेस्ट टेलिचलचित्र निर्देशक
दिवाकर भण्डारी (सापटे काका)

१०.बेस्ट नेगेटिभ क्यारेक्टर आर्टिस्ट
सुगत कारजित

११. सुबाश गुरुङ (गणेश)
जुरी अवार्ड कल्चरल मुभी