शंकर अभिनित सिनेमा ‘फिरफिरे फिरिरी’ को फर्स्टलुक पोस्टर सार्वजनिक


काठमाडौँ। अभिनेता शंकर सेढाई अभिनित चलचित्र ‘फिरफिरे फिरिरी’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। बिन्दबासिनी क्रियसन द्वारा निर्मित चलचित्र ‘फिरफिरे फिरिरी’ मनोज कुमार अधिकारीले निर्माण गरेका हुन्। नबिन भट्टको निर्देशनमा बनेको चलचित्रको पोस्टरमा चारजना पात्रहरुलाई देखाईएको छ।

रातिको समयमा एक जना पात्रको हातमा केहि बस्तु हुन्छ र बाँकि तिन जनाले टर्च लाईट बालेर अचम्म हुदै हेरीरहेका छन् भने चलचित्रको नाम पहेलो रंगले हाईलाइट गरिेको छ जस्मा स्लोगान आज साईकल.. भोली फरारी लेखिएको छ। यस चलचित्रमा शंकर सेढाई, मनोज कुमार अधिकारी, पिटर प्रिन्स, सन्दिप स्रेष्ठ, रबिना केसी तथा भावना उप्रेतीको मुख्य भूमिका रहेको छ। कमेडी जनराको चलचित्रका छाँयाकार जितु तामाङ हुन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.