(सेलिब्रेटी नेपाल) काठमाडौँ
ब्ल्याक स्याडो प्रोडक्सशनको ब्यानरमा लेखक तथा निर्देशक नेत्र गुरुङको चलचित्र ‘नाइके’ आगामी भदौ १३ गतेबाट अल नेपाल रिलिज हुने भएको छ। नायक आर्यन सिग्देल लाई रिसाहा र ग्याङस्टारको भूमिकामा आम दर्शकले अहिलेसम्म चलचित्रको पर्दामा हेर्न पाएका छैनन्। यस चलचित्रमा आर्यन रिसाहा नाइकेको भूमिकामा देखिन लागेका छन्। चलचित्रबारे जानकारी दिन राजधानीमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आर्यनले निर्धारित समय भन्दा एक घण्टा पछि उपस्थित भएका थिए। आर्यनको प्रतिक्षामा पत्रकारहरु १ घण्टा कुरेका थिए।
दर्शकको चाहना पनि आर्यन अलिक फरक भूमिकामा देखियोस् भन्ने थियो,त्यो चाहनालाई नाइकेमा पुरा गरेको कुरा आर्यनले बताए। कार्यक्रममा चलचित्रको प्रोमो र एक गीत सार्वजनिक गरिएको थियो। विष्णु हमाल, जगदिश खनाल, नारायण खनाल, आनन्द क्षेत्री र संगीता पराजुली निर्माता रहेको चलचित्रमा आर्यनबाहेक रेम बिक, सुरबिना कार्की, बोधराज रेग्मी, सारिका केसी, विजयराज सेन्चुरीलगायतको अभिनय रहेको छ। रोहन नेपालीको कोरियोग्राफी, सानुकुमार महर्जनको द्वन्द्व, ताराप्रकाश लिम्बु, योगेश काजी बिसी र रमण गायकको संगीत रहेको फिल्ममा अर्जुन तिवारीको छायांकन रहेको छ।