सिनेमा ‘नम्बरी सुन’को प्रदर्शन मिति हेरफेर


काठमाडौं । राजु गिरीको निर्देशनमा निर्माण भएको सिनेमा ‘नम्बरी सुन’को प्रदर्शन मिति हेरफेर भएको छ । अब सिनेमा साउन २५ गते रिलिज हुने भएको छ ।

सिनेमा निर्माण टिमले प्रमुख कलाकारहरु गौरव पहारी, नम्रता सापकोटा र विनोद न्यौपाने फिचर्ड नयाँ पोस्टरसँगै प्रदर्शन मिति पनि सार्वजनिक गरेको हो ।

नारायण खातीको शब्द कथा तथा प्रस्तुति रहेको सिनेमामा गौरव पहारी, नम्रता सापकोटा, सरोज खनाल, राजाराम पौडेल, राजेन्द्र खड्गी, बुद्धि तामाङ, किरण नेपाली, सविन बास्तोला, विनोद न्यौपाने, गीता अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ ।

सुवर्ण शिभान्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमाको पटकथा तथा संवाद शिवम अधिकारीले लेखेका हुन् । सरोज खाती, सविन खाती र मनोज रिजालले मिलेर सिनेमा निर्माण गरेका हुन् ।

सिनेमामा अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, रामजी लामीछानेको नृत्य निर्देशन, समीर मियाँको भिएफएक्स, दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन, गौतम राज खड्काको सम्पादन, विनोद भुजेलको ब्याकग्राउन्ड स्कोर, मनोरञ्जन श्रेष्ठको कलर करेक्सन, राकेश दाहालको पोस्टर डिजाइन छ ।सिनेमालाई काठमाडौं उपत्यकामा रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछन् ।

Copyright © 2012 - 2026 | All Right Reserved.