‘सम्झनाले सताइरह्यो’ भन्दै आए आर्जन


काठमाडौंँ । गायक आर्जन पाण्डेको आधुनिक गीत ‘सम्झनाले सताइरह्यो’ सार्वजनिक गरिएको छ । प्रेमपिडा ब्यक्त गरिएको गीतमा अरुण तिवारीको शब्द, प्रविण बराइलीको संगीत छ । गीतको एरेन्ज सन्दिप कार्कीले गरेका हुन् ।

गीतको लिरिकल भिडियो पनि सार्वजनिक गरिएको छ । गीतको लिरिकल भिडियो इभन भण्डारीले तयार पारेका हुन् । सन् २०१५ देखि गायनमा सक्रिय आर्जनका ‘ओइलिएर झर्न दिन्न’, ‘रेलिमाई’, ‘डलर’, ‘झुसे बारुलो’, ‘तिमीलाई हेरी हेरी’ लगायतका थुप्रै गीत चर्चित छन् । उनले आधुनिक, पप, लोक पप, चलचित्रलगायत बिभिन्न विधाका गीतमा स्वर दिएका छन् । उनको ‘किन किन हो’ बोलको गीत भिडियो सहित छिट्दै आउने तरखरमा छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.