सर्वनाममा नाटक ‘पूर्णविराम’ मञ्चन हुँदै


काठमाडौँ। काठमाडौंको कालिकास्थानस्थित सर्वनाम नाटकघरमा आज आइतबारदेखि नाटक ‘पूर्णविराम’ काे मञ्चन सुरु भएकाे छ। कवितामा समेत कलम चलाउँदै आएका कवि सुरज पराजुलीले लेखेका नाटकमा बढ्दो पर्यावरणीय परिवर्तन, विज्ञानको दुरुपयोगजस्ता विषयलाई गम्भीर रूपमा उठान गरिएको छ।

आरुष मगरले परिकल्पना तथा निर्देशन गरेको नाटकमा रिनेक्स बस्नेत, मीना पूर्णिमा, विवेक आचार्य, सगुन तामाङ, मुकेश हमाल, समाइरा श्रेष्ठ, समीक्षा पौडेल, असिम थारू, भूमिका थारू, विध्यक तिलक, वसन्तबहादुर खड्का, सरस्वती दाहाल, युवराज थापामगर, निरबहादुर खपांगी, सुरज पराजुली, शू गूँः, सुदीश थापामगर, सुजन परियार लगायतको अभिनय रहेको छ।

काठमाडौं महानगरपालिका वडा नम्बर २९ को समेत सहयोग रहेको नाटकको मञ्च तथा पोस्टर रसिक राजले तयार गरेका हुन्। असार २९ गतेसम्म मञ्चन हुने नाटक ‘पूर्णविराम’ बिहीबारबाहेक हरेक दिन साँझ ५ः१५ बजे तथा शनिबार दिउँसो १ बजे अतिरिक्त मञ्चन हुनेछ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.