यति इन्टरनेसनल नेपाली फिल्म अवार्ड हुने


काठमाडौँ। यति इन्टरनेसनल नेपाली फिल्म अवार्ड २०२४ (इन्फा) लण्डनमा हुने भएको छ। शुक्रबार राजधानी काठमाडौँमा आयोजित पत्रकार सम्मेलनको आयोजना गरि यति नेपाली एसोसिएसन, युकेको आयोजक र सगिक्षा फिल्म ईन्टरनेट प्रा.लिको व्यवस्थापनमा भाद्र १५ गते (अगष्ट ३१, २०२४) मा भव्य कार्यक्रमका लण्डन शहरमा बीच अवार्ड प्रदान गरिने भएको हो ।

बर्ष २०२३ अप्रिल १४ देखि २०२४ जुन २१ सम्म प्रदर्शनमा आएका चलचित्रहरुलाई आधार मानेर उत्कृष्ट ३ छनाेट गरिने आयोजक संस्थाले जानकारी दिएको छ । ईन्फा अवार्ड २०२४ को जुरीमा सुनिल थापा जुरी संयोजक, गौरी मल्ल र उज्ज्वल घिमिरे सदस्य रहेका छन् । तत्कालीन युवराज बिरेन्द्र विर विक्रम शाहकाे पहलमा पशुपति सम्शेर राणा अध्यक्ष भएर १९६० मा स्थापित संस्था हाे, यति नेपाली एसोसिएसन युके । जस्ले चलचित्रकर्मीहरुलाई प्रोत्साहित गर्ने उदेश्यका साथ मर्यादित, प्रतिष्ठित अवार्ड गर्ने संस्थाका अध्यक्ष पिप्ला देवन थापाले प्रतिबद्धता व्यक्त गिरन् ।

अवार्डका लागि युके कमिटीमा अध्यक्ष देवान सहित पुर्व अध्यक्ष उमेश मोक्तान, महासचिव टंक भट्टराई, सचिव आशिष राज पन्त र पाल्देन लामा रहेका छन् भने नेपाल कमिटीमा सगिक्षा फिल्मसको तर्फबाट सुनिल क्षेष्ठ अध्यक्ष, मनोज केसी महासचिव, मोहन श्रेष्ठ सचिव, प्रशाक कुंवर कोषाध्यक्ष र मनिष कार्की संयोजकका रुपमा रहेका छन् । कृष्ण मल्ल, नरेश पौडेल, यम बराल, मलिना जोशी लगायतका चलचित्रकर्मीहरुले कार्यक्रम सफलताको शुभकामना दिएका थिए।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.