भारतीय अभिनेत्री जया प्रदा काठमाडौँमा


काठमाडौँ । भारतीय अभिनेत्री जया प्रदा नेपाल आएकी छन् । बिहीबार काठमाडौँमा आयोजना हुने एक कार्यक्रममा सहभागी हुन उनी बुधबार साँझ काठमाडौँ आइपुगेकी हुन् । उनलाई कार्यक्रम आयोजकले बिमानस्थलमा स्वागत गरेको थियो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा पत्रकारसँग कुरा गर्दै उनले नेपाल सुन्दर लाग्ने बताउँदै यहाँ आउन पाउँदा खुसी लागेको बताइन् । उनले नेपाल फेरि फेरि आउने चाहना व्यक्त गरेकी छन् । उनले आज पशुपति नाथको दर्शन समेत गर्नेछिन् ।

सन्जोग, औलाद, मावली, कामचोर, आजका अर्जुन, स्वराजसे सुन्दर लगायत ४ दर्जन बढी हिन्दी फिल्म अभिनय गरेकी छन् । उनी शुक्रबार भारत फर्किने बताइएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.