अवार्डमा पैसाको र प्रेमी प्रेमिका खेल भएको रेखाको आरोप


(सेलिब्रेटी नेपाल) काठमाडौँ
चलचित्र विकास बोर्डले सोमबार बितरण गरेको ‘राष्ट्रिय चलचित्र पुरस्कार’ को बारेमा अहिले विभिन्न टिका टिप्पणीहरु हुन थालेको छ। एकातिर अवार्ड पाउनेहरु खुसि साट्दै छन् भने अर्को तर्फ विवाद भयो मन्त्रीले मनो मानी गरे भन्नेहरु पनि छन् चलचित्र विकास बोर्डले वितरण गरेको अवार्डमा नायिका रेखा थापा नपुग्नु नायकको अवार्ड राजेश हमाल र जीवन लुइँटेलले नपाउनु नायिकाको अवार्ड नीताले पाउनुको कारणले खुबै चर्चा पाई रहेका छन्।
Jiwan-luitel_rekha-thapa
नायिका रेखा थापाले खुलेरै पुरस्कारमा पैसाको चलखेल र प्रेमी प्रेमिकाको खेल भएको भनेकी छिन् उनले नायक जीवन लुइँटेलले पाउनु पर्ने विल्सनले पाए गरिमाले पाउनु पनि ठिक होइन भनेकी छिन् रेखाले एक अन लाइनलाई अन्तरबार्ता दिंदै गर्दा यसो भनेकी हुन लामो समय देखि यो क्षेत्रमा कार्य गर्नेको कदर भएन भन्ने उनले गुनासो पोखेकी छिन्। जुरीहरुको मुल्यांकन पनि गलत भएको उनको आरोप छ। रेखाले यसो भनि रहँदा अवार्ड प्रति दर्शक हरुले के ठान्ने? गएको केहि बर्षका अन्य अवार्ड हरुमा अवार्ड पाउदै आइ रहेका जीवन र रेखाले अवार्ड नपाउनु र अवार्ड सम्पन्न हुनु कस्तो कार्य होला? सर्बसाधारण व्यक्ति हरुको मनमा कस्ता प्रश्न उठ्लान आयोजकले सोच्नु जरुरि छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.