धीरज र उपसनाको सिनेमा ‘खुस्मा’ को पोस्टर सार्वजनिक


काठमाडौँ। असोज ३ गते रिलिज हुने ‘खुस्मा’ले २ नयाँ प्रचार पोस्टर रिलिज गरेको छ। अशोक थापा मगरको लेखन तथा निर्देशनमा बनेको सिनेमाको दुई मध्ये एक पोस्टरमा सिनेमाका प्रमुख कलाकार धिरज मगर तथा उपसना सिंह ठकुरीलाई रोमान्टिक भावमा देखाइएको छ। पोस्टरमा धिरजले उपसनालाई अगाँलोमा बाँधेको देख्न सकिन्छ।

यस्तो दोश्रो पोस्टरमा उपसनालाई मात्र देख्न सकिन्छ। सो पोस्टरमा उनलाई चिन्तित मुद्रामा देख्न सकिन्छ। पोस्टरमा उनले खस्टो ओडेकी छन्।
मगर समुदायको पृष्ठभूमिमा सिनेमाले प्रेमकथा पेस गर्ने निर्देशक थापामगरको भनाइ छ। उनले यसअघि केही डकुमेन्ट्री सिनेमा लेखन तथा निर्देशन गरेपनि यो नै ठुलो पर्दाको पहिलो निर्देशकिय सिनेमा हो । डकुमेन्ट्री सिनेमाबाट निर्देशक थापाले नौ वटा बिभिन्न अर्न्तराष्ट्रिय सिनेमा महोत्सवबाट आवार्ड प्राप्त गरिसकेका छन् । सिनेमा एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको हो।

सिनेमामा धिरज र उपासनाका अलवा माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय संयोक सुब्बा, राजु रेग्मी मगर,राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुण पुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर, दुईसाङ थिङ लगायतका कलाकारको अभिनय रहेको छ ।
सिनेमाका निर्मातामा विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेतान मगर तथा मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन्।
सिनेमामा दिपक बज्राचार्यको छायांकन रहेको छ ।

सिनेमामा एसडी योगी र छान्जु पार्क (कोरियन) को संगीत सुरेन्द्र राना, राम अविरल बिष्ट र निर्देशक थापा मगरको गीत रचना रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.