‘सतीदेवी’ को गीतमा मलिकाको पिडा


काठमाडौँ। लक्ष्मण सुवेदीको निर्देशनमा बनेको सिनेमा ‘सतीदेवी’ को पहिलो गीत सार्वजनिक गरिएको छ। शुक्रबार ओएसआर डिजिटल युट्युबबाट सार्वजनिक गीत ‘लैजा दैव फिर्ता लैजा’ मा सिनेमाकी मुख्य अभिनेत्री मलिका महतको पीडा र वेदनालाई प्रस्तुत गरिएको छ। सार्वजनिक गीतमा ममता गुरूङको स्वर छ। सुभाष भुसालको संगीत रहेको गीतका शब्द निर्देशक सुवेदी स्वयंले कोरेका हुन्।

दिलासा र साराको प्रस्तुतिमा तयार भएको चलचित्र ‘सतीदेवी’ मा अभिनेत्री मलिका महत्तसँगै हर्षिका वली, मञ्जिला बानियाँ, सन्दीप बाबु लोहनी, रमेश बुढाथोकी, कुलदीप अधिकारी, भोला सापकोटा, सृजना अधिकारी, सुजिता सिवाकोटी, सन्देश लिम्बु, मनिषा सापकोटा, जयन्त रेग्मी, बिमल श्रेष्ठ, देव महर्जन, तुलसी श्रेष्ठ, इभेन जोशी, इश्वरी सिंह, पवन केसी र जगदिश अधिकारीको अभिनय छ ।

चलचित्रको छायांकन बाबु श्रेष्ठले गरेका छन् भने तारा थापाको सम्पादन, दीपक शर्मा र सुवास थापाको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, देव महर्जनको एक्सन छ । सिनेमाको कथा पनि निर्देशक सुवेदीले नै लेखेका हुन्। छोरीको कथा प्रस्तुत गर्ने ‘सतीदेवी’ साउन ४ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ। सिनेमालाई रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्दैछ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.