पूजाको ‘दान्भी’ले कति पायो शो ?


काठमाडौँ । शुक्रबार अर्थात भोली देखि सार्वजनिक प्रदर्शनमा आउने सिनेमा ‘दान्भी’ले प्रदर्शनको सुरुवातमा राम्रो शो पाउने देखिएको छ । बुधबारदेखि अग्रिम टिकट बुकिङ खोलेको मल्टिप्लेक्सले सिनेमालाई राम्रो शो दिएका छन् ।

मल्टिप्लेक्स क्युएफएक्सले सिनेमालाई काठमाडौँमा १६ र बाहिर ३१ शो उपलब्ध गराएको छ । आईएनआई १२, वान सिनेमाज ७, एफक्युब, बिएसआर, बिग मुभीज रन्जनालगायतका मल्टिप्लेक्स हलमा पनि फिल्मले राम्रो शो पाएको छ । फिल्मको उपत्यका बाहिर बिर्तामोड, दमक, इटहरी, धरान, विराटनगर, हेटौंडा, चितवन, पोखरा, बुटवल, नेपालगन्ज, दमौली लगायतका प्रमुख सहरसहित ५५ वटा हलमा यो सिनेमा रिलिज हुँदैछ ।

रूपेश तामाङको निर्देशनमा बनेको सिनेमामा अभिनेत्री पूजा शर्माले पहिलोपटक एक्सन भूमिका निर्वाह गरेकी छन् । पूजाको एक्सन प्रचार गरिएको कारण पनि दर्शक हुने अपेक्षा सहित फिल्मलाई राम्रो शो दिइएको हो ।


फिल्ममा पूजाको अलावा कुन्साङ बम्जन, किरण श्रेष्ठ, मोनालिसा खतिवडा, राजाराम पौडेल, कालु राणा, सीता तामाङ लगायत कलाकारको पनि अभिनय छ । फिल्ममा पवन राना मगर कार्यकारी निर्माता र देव मगर तथा अनुप गडाल निर्माता छन् । फिल्ममा कमला लिम्बु, पन्चबहादुर तामाङ र आदर्श पौडेल सह–निर्माता छन् ।

सन्जोग राणाको पटकथा तथा संवाद, रविना थापा मगरको कथा, हरिप्रसाद घलेको छायाङ्कन, बन्दे प्रसादको सम्पादन, श्री श्रेष्ठको एक्सन रहेको फिल्ममा कविराज गहतराजको नृत्य कोरियोग्राफी छ । सिनेमालाई रिच इन्टरटेन्मेन्टले काठमाडौं उपत्यका र एफडी कम्पनीले उपत्यका बाहिर वितरण जिम्मा लिएको हो ।