राष्ट्रिय चलचित्र अवार्ड ४ बर्षको एकै पटक


(सेलिब्रेटी नेपाल) काठमाडौँ
राष्ट्रिय चलचित्र अवार्ड राष्ट्रपति भवन शितल निवासमा सम्पन्न भयो। २०६७ देखि हुन नसकेको अवार्डमा एकै दिन चार बर्षका चलचित्रबाट चलचित्रकर्मी सम्मानित भएका छन्। राष्ट्रपति डाक्टर रामवरण यादव ‘राष्ट्रिय चलचित्र पुरस्कार’ वितरण गर्न आनाकानी गरि रहेका थिए। अवार्डको मिति बारम्बार सर्दै आइ रहेको हो। बोर्डको बारम्बारको आग्रह र चलचित्रकर्मीको चाहनाको कारण राष्ट्रपति पुरस्कार वितरण गर्न तयार भएका हुन्।
Garima-neeta-nandita
राष्ट्रपति कार्यालय सितल निवासमा आयोजित कार्यक्रममा दीर्घ साधना सम्मान २०७० बाट यादव खरेल पुरस्कृत एवं सम्मानित भएका छन्। खरेललाई ३ लाख ५१ हजार १ सय ११ राशि सहित सम्मानित गरिएको थियो।
national-award
०६७ सालको
सम्पादन – विपिन मल्ल बाटोमुनिको फूल
कला निर्देशन – निर्जल श्रेष्ठ कसले चोर्यो मेरो मन
पटकथा – सुरज सुब्बा नाल्बो बाटो मुनिको फूल
छायाकंन – सञ्जय लामा बाटोमुनिको फूल
अभिनेता – आर्यन सिग्देल कोही मेरो
अभिनेत्री – रेखा थापा बाटो मुनिको फूल
निर्देशन – सुरज सुब्बा बाटो मुनिको फूल
फिल्म – बाटो मुनिको फूल रिदम फिल्मस् प्रालि

२०६८ सालको

सम्पादन – सुरेन्द्र पौडेल लुट
द्धन्द निर्देशन – योगेन्द्र श्रेष्ठ लुट
पटकथा – कर्ण शाक्य पल
छायाकंन – विष्णु कल्पित अन्दाज
अभिनेता – सौगात मल्ल लुट
अभिनेत्री – नीता ढुंगाना मसान
निर्देशक – उज्जवल घिमिरे अन्दाज
फिल्म – मसान नीर सिनेमा प्रालि

०६९ सालको
सम्पादन – वनिश शाह नोटबुक
श्रृङगार – नीमा लामा धन्दा
पटकथा – देव नेपाल मेरो कथा
गायन – रजिना रिमाल रिदम
छायाकंन – पुरुषोत्तम प्रधान भिजिलान्ते
अभिनेता – विल्सन विक्रम राई रिदम
अभिनेत्री – झरना थापा फेसबुक
निर्देशन – दिनेश डि.सी मायाज् बार
फिल्म नोटबुक प्रज्ञा फिल्मस् प्रालि
सास्कृतिक फिल्म – सुम्निमा एभरेष्ट कल्चर एण्ड मिडिया एकेडेमी

०७० सालको

सम्पादन – लोकेश बज्राचार्य कर्कश
छायकंन – गौरीशंकर धुँजु शिरिषको फूल
गीत – कृष्णहरी बराल नाईँ न भन्नू ल २
संगीतकार – बसन्त सापकोटा नाईँ न भन्नू ल २
पटकथा – विनोद पौडेल साँघुरो
अभिनेत्री – गरिमा पन्त झोला
अभिनेता – शुशाकं मैनाली साँघुरो
निर्देशन – दीपा बस्नेत अन्तराल
फिल्म – साँघुरो समीर मैनाली प्रोडक्सन
साँस्कृतिक फिल्म पुरस्कार – कुसुम श्री शेर्पा आदिवासी फिल्मस् प्रा.लि

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.