अमेरिकामा सफल व्यवसायी प्रिन्स युवराज निर्माता बन्दै


काठमाडौँ। सर्लाही जिल्लामा जन्मिएका प्रिन्स युवराज कार्की बिगत १४ बर्ष देखि अमेरिकामा बस्दै आएका छन्। प्रिन्स युवराज कार्की अमेरिकामा आफ्नै व्यवसाय गर्दै सफल व्यावसायीको रुपमा परिचित पनि छन्। प्रिन्स युवराज चलचित्र निर्माणको तयारीमा पनि छन् । केहि समय अघि औपचारिक घोषणा गरिएको चलचित्र ‘राजमहल’ मा उनले लगानी गर्दैछन्। नेपाली चलचित्र जगतका व्यक्तित्वलाई अमेरिकामा राम्रो स्वागत र सम्मान गरेर एउटा राम्रो उचाईमा चलचित्र कर्मीहरुलाई राख्दै आएका कार्कीले टेलिभिजन कार्यक्रम सफलताको कथामा अभिनेता राजेश हमाल संग आफ्नो सफलताको कथा र आफ्नो संघर्षको कथा सुनाएका छन्।


सफलताको कथामा युवा व्यवसायी प्रिन्सले आफ्ना तितामिठा कुराहरु सेयर गरेका छन् । प्रिन्स युवराज सामाजिक कार्यमा पनि निकै सकृय रहने गरेका छन् । आफ्नो जिवनमा उनले यो स्थानसम्म पुग्न निकै संघ्रर्ष गरेका छन् । अमेरिकाको क्यालिफोर्नियामा एभरेस्ट कुजिन नाममा २ वटा रेस्टुरेन्ट,काफल नाममा एक वटा रेस्टुरेन्ट, एभरेस्ट डिजिटल फुड टेक्नोलोजी,ओम लक्ष्मी नारायण रियल स्टेटमा उनको लगानी रहेको छ।

प्रवासमा रहेर नेपाली कला र नेपाली कलाकर्मीहरुलाई एकदमै सम्मान गर्ने कार्की अब नेपाली सिनेमामा केहि गर्ने योजनाका साथ लागेका छन्। अमेरिकामा हुने बिभिन्न सांगीतिक तथा सिनेमाका कार्यक्रमहरुमा सक्रियताका साथ लाग्ने कार्की नेपाली कला क्षेत्रमा आफ्नो छुट्टै परिचय बनाउने उदेश्यका साथ अघि बढी रहेका छन्। आफ्नो दाइ पनि चलचित्र क्षेत्रमा सक्रिय रहँदै आएकोले आफुलाई पनि चलचित्र क्षेत्रमा अघि बढ्न सजिलो हुने कार्कीले बताए।

Copyright © 2012 - 2026 | All Right Reserved.