‘आउट लः २१९’ को फस्लटुकमा एङ्ग्री सुशिल


काठमाडौँ। स्याडो पिक्चर्स र रेट्रो फिल्मस्को प्रस्तुतिमा तयार भएको सिनेमा ‘आउट लः दफा २१९’को फस्टलुक सार्वजनिक गरिएको छ । सार्वजनिक फस्टलुकमा सिनेमाका मुख्य अभिनेता सुशिल श्रेष्ठलाई एक्सन एङ्ग्री अवतारमा देखाइएको छ । सार्वजनिक पोस्टरमा अभिनेता श्रेष्ठ मेसिनगन बोकेर उभिएका छन् ।

अमित अग्रहरिको निर्माणमा तयार भएको यो सिनेमाको फस्टलुकसँगै प्रदर्शन मिति पनि सार्वजनिक गरिएको छ । सिनेमा असोजको ३ गतेबाट विश्वव्यापी रुपमा प्रदर्शनमा आउनेछ ।

सिनेमामा विक्की महर्जनको लेखन तथा निर्देशन छ । सिनेमामा सुशिलका साथमा नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डार, हेम गुरुङ, सोनी लागुनको अभिनय छ ।

विनोद कडायत र सशांक खड्का कार्यकारी निर्माता रहेको सिनेमामा विकास चौधरी सह–निर्माताको रुपमा छन् । नविन गुरुङको डीओपी रहेको यो सिनेमामा साहिल खानको सम्पादन छ । चुल्ठे काजीको एक्सन रहेको सिनेमामा इश्वर घिमिरे प्रोडक्शन म्यानेजरको रुपमा छन् । विजय बस्यालको पब्लिसिटी डिजाइन रहेको छ । सिनेमालाई देशभर डीसीएनले वितरण गर्नेछ ।