अधिकारीको ‘सान्नानी’ मा बिना र सुरेश (भिडियो)


काठमाडौँ। गायक एमटी गणेश अधिकारीको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। सार्वजनिक ‘सान्नानी’ बोलको गीतमा शब्द रचना गायक स्वयम् एमटी गणेश अधिकारीको र संगीत सौगात जंग थापाको रहेको छ। राजेन्द्र बजगाईंको संगीत संयोजन रहेको गीत रोमान्टिक छ।

प्रविन थापाले कोरियोग्राफी तथा निर्देशन गरेको भिडियोमा बिना राउत र सुरेश कोहली फिचर्ड छन्। महेश महराले छायांकन गरेको भिडियोको सम्पादन अमृत चापागाईंले गरेका हुन्। भिडियो गायक एमटी गणेश अधिकारीको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।