‘लण्डन टु पेरिस’को ट्रेलर सार्वजनिक


साम्राज्ञी आरएल शाह स्टारर ‘लण्डन टु पेरिस’को ट्रेलर सार्वजनिक भएको छ ।

आइतबार सार्वजनिक ३ मिनेट लामो ट्रेलरले डायस्पोरामा बस्ने नेपाली युवाको आधुनिक प्रेम र त्यसका उतारचढावलाई प्रस्तुत गर्छ।

ट्रेलरमा साम्राज्ञी तथा डेव्यु अभिनेता निश्चल खड्काको अभिनेत्री र गरिमा शर्मासँगको त्रिकोणात्मक प्रेम सम्बन्ध देख्न सकिन्छ ।

ट्राभल लभस्टोरीको कथा पेस गर्ने सिनेमाका निर्देशक घनश्याम लामिछाने हुन् ।

साम्राज्ञी, निश्चल र गरिमाका अलवा सिनेमामा कविर खड्का, रुष्मा थापा, मनिश श्रेष्ठ तथा मनिष गान्धीको प्रमुख अभिनय रहेको छ । निश्चल र गरिमाले यही सिनेमाबाट डेब्यू गरेका हुन् ।

जेष्ठ २५ गते सिनेमा रिलिज हुनेछ। सिनेमाको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन् ।

एबी इन्टरनेश्नलको प्रस्तुति रहेको सिनेमामा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्मस् लिमिटेडको निर्माण सहकार्य रहेको छ । अमित बस्नेतले निर्माण गरेको सिनेमामा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माताका रुपमा रहेका छन् ।

सनिश खकुरेल र अजित केआर थापा सिनेमाको सह-निर्माता हुन् भने अंकित गौतम, सुरज कुँवर र विजय भण्डारी यसका कार्यकारी निर्माता हुन् ।

सिनेमामा अभेद परवको डिओपी, हर्कुलश बस्नेत, एसडी योगी, बियोण्ड र सलिन मगरको संगीत, सजु चन्द्रनको सम्पादन, सुजिल कर्माचार्यको पाश्र्व संगीत, लंगनेस फर्नान्डेजको कोरियोग्राफी, साहिल खानको ट्रेलर, विजय वस्यालको पोस्टर डिजाइन, मुख्य सहायक निर्देशकमा फिरोज खड्का रहेका छन् ।