शम्भुको रंग बैजनी डबिंगमा


(सेलिब्रेटी नेपाल) काठमाडौँ
१२ बर्ष पछि खोला पनि फर्कन्छ भने जस्तै बरिस्ट निर्देशक शम्भु प्रधान १२ बर्ष पछि एक्सन कटमा फर्किएका छन्। उनले निर्देशन गरेको चलचित्र ‘रंग बैजनी’ हाल सम्पादन सकेर डबिंगको कार्य भई रहेको छ। सिने जोन स्टुडियोमा डबिंग भई रहेको चलचित्र ‘रंग बैजनी’ मा दुइ नायिका गरिमा पन्त र सुमिना घिमिरेसंग नायक दिक्पाल कार्कीले रोमान्स गरेका छन्। चलचित्रको कथा निर्देशक शम्भुकी धर्मपत्नी नुतन प्रधानले लेखेकी हुन् भने चलचित्र लाई उनकै छोरा सशांक प्रधानले खिचेका हुन्।Sumina-garima-dikpal चलचित्र कहिले रिलिज गर्ने भन्ने प्रश्नमा निर्देशक शम्भु भन्छन बच्चा जन्मदै बिहेको योजना गर्नु राम्रो होइन मेरो हाल कुनै रिलिजको योजना छैन चलचित्रको भनेको कला हो व्यापार होइन नेपाली चलचित्रमा आउने निर्माता हरु कला नबुझी व्यापार मात्र गर्न आए त्यसैले बजार बिग्रिएको हो भन्ने बुझाई निर्देशक शम्भुको रहेको छ। निर्देशक भनेको चलचित्रको क्याप्टेन हो निर्देशकको खुबी जति छ त्यति गर्ने हो चलचित्र सफल असफल हुनुमा प्रमुख भूमिका भनेको निर्देशककै हो भन्ने प्रधानको निर्देशनको चलचित्र ‘रंग बैजनी’ राम्रो बन्छ भन्ने विश्वास गर्न सकिन्छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.