चलचित्र ‘फर्की फर्की’ र ‘पुजार सार्की’ प्रदर्शनमा


काठमाडौँ। बुद्द जयन्तीको बिदाको अवसर पारेर आज बिहिबारबाट दुई नेपाली चलचित्रले प्रदर्शन थालनी गरेका छन्। रोहित अधिकारी फिल्मस्को प्रस्तुतिमा ओएसआर डिजिटलको सहकार्य रहेको चलचित्र ‘फर्की फर्की’ र दिनेश राउतको निर्देशनमा तयार भएको चलचित्र ‘पुजार सार्की’ प्रदर्शनमा आएका हुन्।

अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङ अभिनीत चलचित्र ‘फर्की फर्की’सुयोग गुरुङको लेखन तथा निर्देशनमा बनेको हो। सुरेन्द्र पौडेलको सम्पादन, रोमन न्यौपाने र नरेन लिम्बुको सङ्गीत, नरेन्द्र मैनालीको छायांकन, किरण थापाको कोरियोग्राफी रहेको यो फिल्मको निर्माता ओमप्रकाश अग्रवाल, मनोज वली र अरुण रिजाल र सह–निर्माता रामु न्यौपाने हुन् । चलचित्रमा अनमोल र जसिताका अलवा रवि काफ्ले र समृद्धि अर्यालको पनि अभिनय छ । चलचित्रको बिहिबार सांझ ग्राण्ड प्रिमियर गरिएको थियो। प्रिमियरमा चलचित्र हेर्ने सबैले चलचित्रको खुलेर प्रसंशा गरे।

विकास सुवेदीको लेखन रहेको ‘पुजार सार्की’ का निर्माता संगीतकार सुवास भुसाल हुन्। राजेश श्रेष्ठको डिओपी, हिमाल केसीको द्वन्द्व निर्देशन रहेको यो चलचित्रलाई भरत रेग्मीले सम्पादन गरेका हुन् ।

किङडम नेटवर्कको ब्यानरमा निर्माण गरिएको चलचित्रमा आर्यन सिग्देल,प्रदीप खड्का,पल शाह,अञ्जना बराइली र परीक्षा लिम्बु, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शकंर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको अभिनय छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.