प्रदीपको ‘एक्लो’ मा प्रदीपसँगै बेलायती अभिनेता जेमी बेकनको अभिनय रहने


काठमाडौँ। प्रदीप शाहीले निर्देशन गर्न लागेको सिनेमा ‘एक्लो’ मा बेलायती अभिनेता जेमी बेकनको अभिनय रहने भएको छ।

सिनेमामा उनको अभिनय रहने तय भएको निर्देशक शाहीले बताए। बेकनको अभिनय रहने खबर सार्वजनिक गर्न पाउँदा गर्व लागेको भन्दै उनले सामाजिक सञ्जालमार्फत खुशी समेत साटेका छन्।

यो फिल्ममा अभिनेता प्रदीप खड्का, विजय लामा, सुनिल थापा, एवनराज उप्रेती, अभिनेत्री बेनिशा हमाल, कविता नेपाली, दीया पुनलगायत अनुबन्धित भइसकेका छन्।

निर्देशक शाहीका अनुसार अनुसार नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने उद्धेश्यका साथ ‘एक्लो’ निर्माण गर्न लागिएको छ।

साइन्स फिक्सन जनरामा बन्ने फिल्ममा बेकनलाई निर्माताका रूपमा पनि साइन गरिएको जनाइएको छ। नेपाली र बेलायती फिल्मबीचको सम्बन्ध निर्माण गर्ने उद्धेश्यले त्यसो गरिएको जनाइएको छ। जेमी बेकन नेटफ्लिक्स शृंखला ‘ह्वाइट लाइन्स’ र फिचर फिल्म ‘ब्राइटन’ मा रूचाइएका छन्।

‘एक्लो’ निर्देशक शाहीले बेलायतमा फिल्म मेकिङ पढेका हुन्। त्यहाँ केही सर्टफिल्म र सिरिजमा काम गरेपछि उनले नेपाली फिल्म निर्देशनमा होमिएका थिए। यसअघि उनले ‘गोर्खा: विनिथ द ब्रेभरी’ र ‘अन्तिम संस्कार’ निर्देशन गरेका थिए।

शाइ प्रोडक्सन नेपालको ब्यानरमा निर्माण हुने चलचित्रमा ह्याम्साएर एकाउन्टेनको सहकार्य रहने छ। हाल सेट डिजाइनको काम र प्री प्रोडक्सनको सुरुवात भई रहेको कार्यकारी निर्माता क्षितिज सुवेदी खत्रीले बताए। निर्माता खत्रीका अनुसार छायाँकनका लागी नेपालमा नै पहिलो पटक अन्तरीक्षमा जाने रकेटको निर्माणको तयारी भई रहेको छ। सिनेमा साउनको अन्तीमबाट छायाँकनमा जाने तयारीमा रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.