मानिसको जीवन शीशा जस्तै (भिडियो)


SHEESHA--PosterL
(सेलिब्रेटी नेपाल) काठमाडौँ
सस्पेन्स प्रेम कथा तथा सांगीतिक रुपमा अब्बल रहेको चलचित्र शीशाको ट्रेलर हेरे पछि दर्शक हल सम्म पुग्नको लागि प्रतिक्षा रत छन् साउन २३ गते बाट देशभर एक साथ रिलिज हुन लागेको चलचित्रको हाल व्यापक प्रचार प्रसारमा निर्माण युनिट लागि रहेको जानकारी निर्माता मधुसुदन ढकालले जानकारी गराए।

मधुसुदन ढकाल,अजिता सुमार्गी, महेश ढुंगेल, विराट थापाको संयुक्त लगानीमा निर्माण भएको शीशामा जीवनको जोडी उमा बेबी रहेकी छिन्। चलचित्रमा जीवन लुइटेल,उमा बेबीको अलावा रागिनी खड्गी, निर्मल सेन्चुरी, दिपेश भण्डारी, शर्मिला मल्ल, बी.एस राणा लगायतका कलाकारले अभिनय गरेका छन्। चलचित्रमा भारतीए चर्चित फूटबल खेलाडी भाइचुङ भुटिया पनि विशेष भूमिकामा देखिनेछन्।चलचित्रमा कुमार बखती र राम कुमार केसीको छायांकन, तारा थापाको सम्पादन, कमल राई र दिनेश अधिकारीको नृत्य रहेको छ। चलचित्रमा समावेश गीतमा लक्की सिटौलाले र मनोज सिंहले संगीत दिएका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.