‘फर्की फर्की’ जापानमा पनि रिलिज हुने


काठमाडौँ । अभिनेता अनमोल केसी अभिनीत वर्षको प्रतीक्षित सिनेमा ‘फर्की फर्की’ जापानमा पनि रिलिज हुने भएको छ । सिनेमा जापाको नागोया सहरमा रिलिज हुने निर्माण यूएनए इन्टरटेनमेन्टले जनाएको छ । यो सिनेमालाई जुनमा जापानमा रिलिज गर्न लागिएको वितरण संस्थाले जनाएको छ ।

रोहित अधिकारी र ओम प्रकाश अग्रवालको निर्माणमा रहेको फिल्म सुयोग गुरुङको लेखन तथा निर्देशनमा तयार भएको हो ।

अनमोलको अलवा फिल्ममा जसिता गुरुङ, रवि काफ्ले, समृद्धि अर्याललगायत कलाकारको अभिनय छ । सिनेमाको अष्ट्रेलिया, अमेरिका लगायतका देशको अधिकार पनि विक्री भइसकेको छ । नेपालमा सिनेमा १० जेठबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ ।

निर्माता अधिकारीकै कथा रहेको फिल्मको सह–निर्मातामा मनोज वली र राम न्यौपाने रहेका छन् । नरेन्द्र मैनालीको छायांकन, रोमन बज्राचार्य, नरेन लिम्बु र अनमोल गुरुङको संगीत रहेको सिनेमामा अष्ट महर्जनको द्वन्द्व छ ।