मनिषा कोइरालाको सम्मानमा न्युयोर्कमा रात्रिभोज


सेलिब्रेटी नेपाल न्युयोर्क
नेपाली चेली तथा बलिउडकि स्टार मनिषा कोइरालाको सम्मानमा जुलाई ५ र ६ तारिख ३२ औ ए एन ए सम्मेलनमा रात्री भोजको आयोजना गरिने भएको छ। सम्मेलन मुख्य संयोजक हेमन्त श्रेष्ठलेका अनुसार ​ बलिउडकी कलाकार मनिषा कोइराला आउने निश्चित भइसकेकोले उनीसँग बसेर ३२ औ ए एन ए सम्मेलनमा रात्री भोजन गर्न पाईने भएको छ।
Manisha-koirala
जुलाई ५ तारिखको दिन साँझ ८ देखि १० बजे तय गरिएको छ भने सरिक हुन् चाहना राख्नेको लागि एकलको १५०. डलर तथा जोडीले २०० डलर खर्च गर्नुपर्ने भएको छ। जुलाई ६ तारिखको दिन ५ देखि ७ बजे तय गरिएको छ भने उक्त रात्री भोजको लागि एकलको लागि १०० डलर तथा जोडीको लागि ​१५० डलर ​राखिएको जनाईएको छ। उक्त रात्री भोज ३२ औ ए एन ए डिसी सम्मेलन हुने भर्जिनियाको टाइसन कर्नर स्थित शेराटन प्रिमियर होटलमा हुने छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.