‘खजुरे ब्रो’ को रोमान्टिक गीत सार्वजनिक,रेअरको ड्रिम गर्ल नीति


काठमाडौँ। बैशाख २८ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘खजुरे ब्रो’ को रोमान्टिक गीत सार्वजनिक गरिएको छ। सार्वजनिक ‘मैले फकाएर मात्र’ बोलको गीतमा अनमोल गुरुङको शब्द,संगीत र स्वर रहेको छ। गीतमा रिकेश गुरुङको संगीत संयोजन रहेको छ। सार्वजनिक गीतमा चलचित्र मुख्य पात्र
रेअर राइ र नीति शाह फिचर्ड छन्। नीति शाह चलचित्रको मुख्य पात्र खजुरेको सपनाको रानी बनेकी छन्। रोमान्टिक भावको गीतमा खजुरेको ड्रिम गर्ल बनेकी नीति सुन्दर देखिएकी छन्।

रेअर राइ र नीति शाह मुख्य भूमिकामा रहेको चलचित्रमा नवीन मानन्धर, महेश त्रिपाठी, विनीता थापा, पुष्कर कार्की, प्रकाश भुजेल, मनिष राउत, प्रेम सुब्बा, सुजाता राई, दीपचन्द्र राई, शान्तिला तामाङ लगायतको अभिनय रहेको छ । चलचित्रको निर्देशक सुरज सुनुवार हुन् ।

दिव्य दृश्य इन्टरटेन्मेन्टले मान्द्रो प्रोडक्सन र मल्टी प्रपोज प्रालिसँगको सहकार्यमा चलचित्र निर्माण गरेको हो ।

नवीन मानन्धर र सुरज सुनुवार निर्माता रहेको चलचित्रमा सुनिल श्रेष्ठ, अनिल मानन्धर र पिकेश मानन्धर सहनिर्माताको रुपमा जोडिएका छन् ।

रोहित रत्नको आरआर फिल्मस्ले फिल्म वितरणको जिम्मा लिएको छ । डायमण्ड उप्रेती कार्यकारी निर्माता रहेको ‘खजुरे ब्रो’ शिशिर विशंखेले खिचेका हुन् । मित्र डी गुरुङको सम्पादन, अनमोल गुरुङको संगीत समावेश छ ।

Copyright © 2012 - 2026 | All Right Reserved.